अर्घाखाँचीको भूमिकास्थानमा नेपाली कांग्रेसको पार्टी कार्यालय स्थापना

डिसी नेपाल
११ फागुन २०७८ २२:२३

अर्घाखाँची । नेपाली कांग्रेस भूमिकास्थानको पार्टी कार्यालय स्थापना गरिएको छ । भूमिकास्थान नगरपालिकाको वडा नम्बर ८ नुवाकोटमा पार्टीको नगर कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको पार्टीका लुम्बिनी प्रदेश सहमहामन्त्री तथा पूर्व पार्टी सभापति विष्णुप्रसाद खनाल मुस्कान उद्घाटन गरेको कांग्रेस नेतृ सङ्गीता घिमिरेले जानकारी दिइन् ।

कार्यालय स्थापनासँगै आगामी निर्वाचनको लागि तयारी सुरु गरिएको पार्टी नगर सभापतिसमेत रहेका भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले जानकारी दिए ।

आगामी निर्वाचनमा नगरमा आफूहरूले जित्ने आधार तयार भइसकेको दाबी गर्दै बेल्वासेले आफूहरू चुनावको तयारीमा होमिएको समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *