रुसले युक्रेनका सैन्य अड्डा र एयरबेस मिसाइल हानेर उडाइदियो
काठमाडौं। युक्रेनमा रुसको सैन्य कारवाही जारी छ । युक्रेनमा रुसले कैयौं हवाइ आक्रमण गरेका छन् । रुसी सेनाले युक्रेनका सैन्य अड्डा र हवाइ अड्डाहरुलाई निशाना बनाएर ध्वस्त पारिदिएको बताएको अल जजीराले जनाएको छ । युक्रेनले पनि कडा प्रतिक्रिया दिँदै हार नमान्ने बताएको छ ।
रुसको सैन्य कारवाहीका बीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी भाषामा सम्बोधन गरेका छन् । यो भावुक भाषणमा उनले युक्रेनी जनता र सरकारले शान्ति चाहेको बताउका छन् । उनले भने ‘तर यदि हामीमाथि आक्रमण हुन्छ, हाम्रो देश हामीसँग खोस्ने कोसिस हुन्छ, स्वतन्त्रता खोस्ने कोसिस हुन्छ, हाम्रो, हाम्रा सन्तानको जीवन खोस्ने कोसिस हुन्छ भने हामी आफ्नो रक्षा गर्नेछौं । जब तपाइँ हामीमाथि आक्रमण गर्नुहुन्छ हाम्रो छाती देख्नुहुन्छ पिठ्युँ होइन ।’
युक्रेनमा सैन्य कारवाहीका बारेमा रुसी सेनाले पनि बयान जारी गरेको छ । बयानमा रुसी सेनाले युक्रेनको एयरबेस र सैन्य बेसलाई निशाना बनाएको बताएको छ । रुसी सेनाले बस्ती षेत्रलाई निशाना नबनाइएको बताएको छ । यसअघि युक्रेनमा कैयौं ठाउँहरुमा विष्फोट भएको खबर आएको थियो । युक्रेनको राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइलबाट आक्रमण भएको समाचार आउको थियो । राजधानी किभसँगै ओडेसा, खारकिभ, दोनेत्स्कमा कैयौं विष्फोटका आवाज सुनिएका थिए । रुसको सैन्य कारवाहीका बीच युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले पुटिनले पूर्ण क्षमताको साथ आक्रमण सुरु गरेको बताएका थिए ।







डिसी नेपाल







Facebook Comment