युक्रेनको राजधानी किभमा भागाभाग

डिसी नेपाल
१२ फागुन २०७८ १२:४६
608
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमा सैन्य कारवाहीको घोषणापछि राजधानी किभमा भागाभाग भएको छ । ठूलो संख्यामा मानिसहरुलाई किभ छाडेर भागिरहेको देखिएको छ । पुटिनको घोषणा लगत्तै युक्रेनमा बमबारी र मिसाइल आक्रमण सुरु भएका थिए ।

युक्रेनको राजधानी किभमा इमरजेन्सी साइरन बजेको छ । तस्वीहरुमा देखिएअनुसार साइरन बजेपछि मानिसहरु सहरबाट भाग्न थाले र एक्सप्रेस वेमा ठूलो संख्यामा कारहरु देखिएका छन् । सामाजिक संजालमा दिइएका प्रतिक्रियाबाट थाहा भएअनुसार किभमा जनता त्रसित छन् ।

टेलिभिजन फुटेजमा मानिसहरुलाई सडकमा प्रार्थन गरिरहेको देख्न सकिन्छ । राजधानी किभमा रहेका बेलायती अखबार द गार्डियनका पत्रकार ल्युक हार्डिङ्गले ट्वीटरमा लेखेका छन् ‘सडकमा निकै कम मानिसहरु देखिएका छन् । मानिसहरु एटिएम मेसिनको अगाडि लामो लाइनमा छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *