‘युक्रेनसम्म मात्रै रोकिने छैनन् पुटिन, मधुरो तापमा मासु पकाइरहेछन्’
मस्को (बीबीसी) । बेलायती फिल्म निर्माता अल्फ्रेड हिचककले अन्तरद्वन्द्व, दुविधा वा सस्पेन्सको विषयमा एक पटक भनेका थिए ‘जति सम्भव हुन सक्छ दर्शकलाई सताउनुहोस् ।’ यस्तो लाग्छ भ्लादिमिर पुटिन हिचककका फिल्म खुब हेरिरहेका छन् । महिनौंसम्म पुटिनले संसारलाई अनुमान लगाउन दिए कि उनी युक्रेनमा आक्रमण गर्छन् वा गर्दैनन् । शीतयुद्धपछि युरोपमा जुन सुरक्षा व्यवस्था बनेको थियो त्यसलाई अष्ट गर्ने योजना बनाइरहेका छन् कि छैनन् ।
जब उनले यही हप्ता पूर्वी युक्रेनका दुई पृथकतावादी क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिए त्यसपछि कैयौं मानिसहरु अचम्ममा परे । तर पुटिनले अब के गर्छन् । अहिले केही समय पहिले मात्र पुटिनले युक्रेनमा सैनिक पठाउने घोषणा गरेका छन् । आक्रमणका खबर पनि आइरहेका छन् । ‘पुटिन्स रशा’ लिलिया श्वेतसोभा भन्छिन् पुटिनका लागि सस्पेन्स सबैभन्दा मन पर्ने उपकरण हो ।
श्वेतसोभा भन्छिन् ‘पुटिन आगो लगाएर र निभाइर तनाव कायमै राख्नेछन् । यदि उनी आफ्नो मानसिक तर्कमा कायम रहन्छन् भने पूर्ण रुपमा आक्रमण गर्दैनन् । तर उनीसँग सम्भावित कदम उठाउनको लागि अलग अलग कैयौं चीजहरु छन् । जस्तो कि साइबर हमला र दक्षिण अमेरिकी अजिंगरले जस्तै युक्रेनलाई आर्थिक रुपले अंठ्याइरहनेछन् । रुसी सेनाले पूरै दोनेत्स्क र लुहान्स्कलाई पनि नियन्त्रणमा लिन सक्छ । उनी बिरालो जस्तै मुसासँग खेलिरहनेछन् ।’
रुसको सत्ताको भित्तापछाडि के चलिरहेको छ यसको जानकारी लिनु निकै कठिन काम हो । पुटिनको दिमागलाई पढ्नु वा बुझ्नु अहिले पनि उत्तिकै चुनौतीपूर्ण छ । तर, पुटिनका बयानहरु र उनका भाषणहरुबाट उनको सोचको केही अनुमान लगाउन सकिन्छ । शीतयुद्धको जसरी अन्त्य भयो त्यसबाट पुटिन अत्यन्तै असन्तुष्ट छन् ।
शीतयुद्धको अन्त्य सोभियत संघ छरपस्ट भएको र उसको प्रभावको अन्त्यको कहानी हो । नेटोको विस्तार पूर्वसम्म भयो र पुटिनको असन्तुष्टि बढ्दै गयो । पुटिन ती व्यक्तिजस्तै लागिरहेका छन् जो पूरै शक्तिका साथ उक मिशनमा लागेको होस् । पुटिनको मिशन हो – युक्रेनलाई रुसको साथमा कुनै पनि तरिकाले ल्याउनु ।
युनिभर्सिटी कलेज लण्डनमा सिनियर रिसर्च एसोसिएट भ्लादिमिर पस्तुखोभ भन्छन् ‘उनी रुसको फेडरल सेक्युरिटी सर्भिसका एक अधिकारी भन्दा धेरै अयातुल्लाह देखिइरहेका छन् । उनी इतिहासमा आफ्नो खास स्थानको लागि कुनै धार्मिक आस्थाजस्तै लागिपरेका छन् । उनी कदम हर कदम काम गर्नेछन् । पहिले पृथकतावादी क्षेत्रलाई मान्यता दिए । अब त्यहाँ सेना पठाउनेछन् । त्यसपछि दुवै स्थानमा आफ्नो हिसाबले रुसमा मिल्नको लागि जनमत संग्रहको घोषणा गर्नेछन् । त्यसपछि त्यहाँ स्थानीय सैन्य अभियान चल्नेछ र पुटिनले २०१४ भन्दा पहिलेको सीमा विस्तार गर्नेछन् ।’
भ्लादिमिर पस्तुखोभ भन्छन् ‘यदि आफ्नो नियमअनुसा पुटिनले खेल खेल्ने स्वतन्त्रता पाए भने यसलाई उनी जहाँसम्म सम्भव हुन्छ त्यहाँसम्म लम्ब्याउँदै लैजानेछन् । उनी मधुरो तापमा मासु पकाउनेछन् ।’ पश्चिमका नेताहरुलाई लागिरहेको छ कि नयाँ प्रतिबन्ध गेम चेन्जर हुनेछन् तर पुटिन निकै कडाइ देखाइरहेका छन् ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बीबीसीसँग भनिन् ‘हामी यी प्रतिबन्धहरुलाई अवैध मान्छौं । हामी लामो समयदेखि यसलाई देखिरहेका छौं र पश्चिम हामे प्रगतिलाई रोक्नको लागि यही औजारलाई पटक पटक प्रयोग गर्छ । हामीलाई थाहा थियो कि प्रतिबन्ध लाग्नेछ चाहे जेसुकै होस् । यसले कुनै महत्व राख्दैन कि हामीले केही गरेका छौं कि छैनौं । उनीहरुको प्रतिबन्ध अनिवार्य हो ।’
तर के रुस पश्चिममा आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठाको चिन्ता गर्दैन जो लगातार तल्लो स्तरमा गइरहेको छ ? आफ्नो देशलाई एक आक्रमणकारीको रुपमा हेरिँदैछ ? यो प्रश्नको जवाफमा मारिया भन्छिन् ‘हाम्रो यो प्रतिष्ठाको खोजी तपाइँले गर्दै हुनुहुन्छ । पश्चिमको प्रतिष्ठाको बारेमा तपाइँ के सोच्नुहुन्छ ? जो रगतले रंगिएको छ ।’ भनिन्छ मारिया जाखारोभालाई पनि युरोपियन युनियनको प्रतिबन्ध सूचीमा समावेश गरिएको छ । हिचककका थ्रिलर फिल्मले मनोरञ्जन दिन्छन् तर पुटिनको युक्रेन थ्रिलरले रुसी जनता आत्तिएका छन् ।
लेवाडा पब्लिक ओपिनियन एजेन्सीका डेनिस बोल्कोभ भन्छन् ‘धेरैजसो मानिस यो जान्न चाहँदैनन् कि के भइरहेको छ । मानिसहरुको लागि यो डरलाग्दो छ । यो सुन्न चाहँदैनन् । मानिसहरु युद्धबाट डराएका छन् । हामीले जुन सर्वे गर्यौं त्यसमा आधाजति मानिसहरुले भने कि युद्धको आशंका छ ।’
रुसका केही जनताले सार्वजनिक रुपमा सरकारको लाइनको विरोध गरेका छन् । केही शीर्ष रुसी बुद्धिजीवीहरुले एक पिटिशनमा हस्ताक्षर गरेका छन् र युक्रेनमा अनैतिक, गैर जिम्मेवार र आपराधिक युद्धबाट बच्न सल्लाह दिएका छन् । उनीहरुको दावी छ कि रुसीआपराधिक दुस्साहसवादको बन्धक बनेका छन् ।
पिटिशनमा आफ्नो नाम दर्ता गराउने प्रोफेसर आन्द्रेइ जुबोभले रुसमा जनता आफ्नो सरकार वा संसदलाई रोक्न सक्षम नभएको बताए । जुबोभले भने ‘तर मैले अफ्नो राय राख्नको लागि यो हस्ताक्षर गरेको हुँ । मैले रुसका शासक वर्गका अभिजातहरुबाट आफूलाई टाढा बनाएको छु । यो वर्गले अन्तर्राष्ट्रिय नियमहरुलाई तोडिरहेको छ ।’ तर रुसमा पुटिनका समर्थक पनि छन् ।
सोभियत आर्मीका उक पूर्व कमाण्डर एलेक्सीले भने ‘केवल युक्रेन होइन जो रुसमा फर्किनेछ । पोल्याण्ड, बुल्गेरिया र हंगेरी पनि छन् । यी सबै देश कुनै बेला हाम्रा थिए ।’ एलेक्सीलाई १९९० को दशकको आर्थिक उथल पुथल याद छ तर अब उनलाई लाग्छ कि रुस आफ्नो घुँडाबाट उभिइसकेको छ ।’
एलेक्सी भन्छन् ‘यो एक जैविक प्रक्रिया हो । जब एउटा बच्चा बिरामी हुन्छ त्यसपछि रोगसँग लड्ने थप क्षमता विकसित गर्छ । १९९० को दशकमा रुस यही रोगबाट ग्रस्त थियो । तर, रोगले हामीलाई अझै बलियो बनाएको छ । हामीले नेटोलाई टाढा जानको लागि मनाउनु जरुरी छैन । उसले आफैं सबै छोडिदिनेछ ।’ – बीबीसीबाट अनुवादित







डिसी नेपाल







Facebook Comment