युक्रेनमा रहेका नेपाली त्रसित, सहयोग माग्न कहाँ सम्पर्क गर्ने भन्नेमै अन्योल
इटाली। रुस र युक्रेनबीच तनाव उत्कर्षमा पुगेका बेला युक्रेनको विभिन्न सहरमा रहेका नेपालीहरु त्रसित छन्। बिहीबार रुसले युक्रेनमाथि हमला सुरु गरेको हो । कति बेला कहाँ बम पड्किने हो ? कता भागेर ज्यान जोगाउने भन्ने कुराको तनावमा
नेपालीहरु रहेका छन् ।
युक्रेनको राजधानी किभ सहरबाट करिब ६ सय किलोमिटरको दुरीमा रहेको लीभीभ सहरमा बस्दै आएका प्रकाश खनालले बिहीबार बिहान रुसले युक्रेनमाथि हमला गरेको सुन्नेबित्तिकै नेपालीहरुसँग सम्पर्क गर्दा किभ सहरमा बसोवास गर्दै आएका नेपालीहरु डरले आत्तिएर त्यहाँबाट अन्यत्र जान खोजेको बताए।
लगातार विष्फोटका आवाज आइरहँदा सो ठाउँ बाट अन्यत्र जान पनि यातायातका साधनहरु नहुदा सो ठाउँबाट भागेर अन्तै जान नेपालीहरुलाई समस्या परेको बताए।
अहिले युक्रेनी नागरिक र युक्रेनमा रहेका बिदेशी नागरिकहरु आतंकित र त्रसित छन्। त्रासै त्रासमा बस्दै गर्दा पनि खनाल सामाजिक सञ्जालको सहयोगमा करिब दुइसय नेपाली सँग सम्पर्कमा छन्। खनालका अनुसार अहिले सपिङ्ग सेन्टरहरुमा पनि खा्न्न अभाब हुन सुरु भैसकेको छ।
अहिले नेपालीहरु नेपाल फर्कन चाहेर पनि फर्कन पाउन सक्ने अवस्था नरहेको र प्लेन टिकट नै पाउन मुस्किल रहेको उनले बताए।
नेपालको परराष्ट्र मन्त्रालयले बुधवार एउटा सूचना निकाल्दै अत्यावश्यक परेर युक्रेनमा बस्नुपर्ने बाहेक सबै नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको थियो। सुचनामा युक्रेन नजान पनि नेपाली नागरिकहरूलाई आग्रह गरिएको थियो भने बुधबारसम्म ३८ भन्दा बढी नेपाली नागरिकहरू सम्पर्कमा आएको जानकारी गराइएको थियो।

त्यस्तै बिहीबार जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले एउटा सूचना निकाल्दै युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरेको छ ।
सुचनामा हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा सुरक्षित बस्न, युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्न तथा सम्भव भएका सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमी तर्फका बढी सुरक्षित स्थानमा जान राजदूतावासले आग्रह गरेको छ ।
त्यस्तै राजदूतावासले परिवार तथा नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment