महाशिवरात्रिको पूर्वसन्ध्यामा झकिझकाउ पशुपतिनाथ (फाेटाेफिचर)
काठमाडाैं। भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ।
पशुपति क्षेत्र विकास कोषले पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो।

कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न अनुरोध गरे।

गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment