मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

डिसी नेपाल
१७ फागुन २०७८ ९:४७

भक्तपुर। प्रहरीले भक्तपुरबाट मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङ रहेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरले घिसिङलाई दुई वटा मोटरसाइकल र चारस्कुटरसहित पक्राउ गरेको हो ।

परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *