मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ
भक्तपुर। प्रहरीले भक्तपुरबाट मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङ रहेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरले घिसिङलाई दुई वटा मोटरसाइकल र चारस्कुटरसहित पक्राउ गरेको हो ।
परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment