रुसका विदेशमन्त्रीले भने ‘तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणु युद्ध हुनेछ’

डिसी नेपाल
१८ फागुन २०७८ १६:४३

काठमाडौं। रुसका विदेशमन्त्री सर्गेइ लावरोफले रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणु युद्ध हुने बताएका छन् । युक्रेनसँग वाताृको विषयमा लावरोफले भने ‘युक्रेनसँग दोस्रो चरणको वार्ताको लागि तयार छौं तर युक्रेन अमेरिकाको इशारामा अगाडि बढिरहेको छ ।’

एक दिन पहिले पनि लावरोफले युक्रेनले परमाणु हतियार हासिल गर्ने कोसिस गरिरहेको आरोप लगाएका थिए । उनले यसलाई ठूलो खतरा बताउँदै यसलाई रोक्नु आवश्यक रहेको बताएका थिए । उनले भनेका थिए ‘युक्रेनसँग अहिले पनि सोभियत न्यूक्लियर टेक्नोलोजी छ त्यसैले रुसले यो खतराको सफलतापूर्वक जवाफ दिनु पर्नेछ ।’

उनले चेतावनी दिँदै पश्चिमी देशहरुले पूर्व सोभियत संघका देशहरुमा सैन्य अड्डा बनाउन नहुने बताएका थिए । लावरोफले युक्रेनको परमाणु हतियार हासिल गर्ने कोसिसलाई रुसले रोक्ने बताएका थिए ।

केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परमाणु बललाई विशेष अलर्टमा राख्न आदेश दिएका थिए । यसको अमेरिकासहित कैयौं देशहरुले आलोचना गरेका थिए । तर युक्रेनमा सैनिक कारवाही सुरु गर्ने समयमै पुटिनले चेतावनी दिँदै भनेका थिए ‘युक्रेन मामिलामा कुनै बाहिरी देशले दखल दियो भने गम्भीर नतिजा भोग्नु पर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *