रुसका विदेशमन्त्रीले भने ‘तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणु युद्ध हुनेछ’

डिसी नेपाल
१८ फागुन २०७८ १६:४३
1.5k
Shares

काठमाडौं। रुसका विदेशमन्त्री सर्गेइ लावरोफले रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणु युद्ध हुने बताएका छन् । युक्रेनसँग वाताृको विषयमा लावरोफले भने ‘युक्रेनसँग दोस्रो चरणको वार्ताको लागि तयार छौं तर युक्रेन अमेरिकाको इशारामा अगाडि बढिरहेको छ ।’

एक दिन पहिले पनि लावरोफले युक्रेनले परमाणु हतियार हासिल गर्ने कोसिस गरिरहेको आरोप लगाएका थिए । उनले यसलाई ठूलो खतरा बताउँदै यसलाई रोक्नु आवश्यक रहेको बताएका थिए । उनले भनेका थिए ‘युक्रेनसँग अहिले पनि सोभियत न्यूक्लियर टेक्नोलोजी छ त्यसैले रुसले यो खतराको सफलतापूर्वक जवाफ दिनु पर्नेछ ।’

उनले चेतावनी दिँदै पश्चिमी देशहरुले पूर्व सोभियत संघका देशहरुमा सैन्य अड्डा बनाउन नहुने बताएका थिए । लावरोफले युक्रेनको परमाणु हतियार हासिल गर्ने कोसिसलाई रुसले रोक्ने बताएका थिए ।

केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परमाणु बललाई विशेष अलर्टमा राख्न आदेश दिएका थिए । यसको अमेरिकासहित कैयौं देशहरुले आलोचना गरेका थिए । तर युक्रेनमा सैनिक कारवाही सुरु गर्ने समयमै पुटिनले चेतावनी दिँदै भनेका थिए ‘युक्रेन मामिलामा कुनै बाहिरी देशले दखल दियो भने गम्भीर नतिजा भोग्नु पर्नेछ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *