रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुँदै

डिसी नेपाल
१९ फागुन २०७८ ८:०८

किभ। रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति वार्ताका लागि रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्।

वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ। जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन् । वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।

साथै आज हुने वार्तामा दुवै पक्षले युद्धविरामको सम्भावना र मानवीय करिडोरको स्थापनाका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ । गत सोमबार बेलारुसमा सम्पन्न पहिलो चरणको वार्ता विना निष्कर्ष टुंगिएको थियो।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु गरेको छ । रुसले युक्रेनी मुख्य सहरहरूमा आफ्नो आक्रमणलाई तीब्रता दिंदै उत्तर, पूर्व र दक्षिण तर्फबाट लडाइँ गरिहरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *