युक्रेनमा जेलेन्स्कीलाई सत्ताबाट हटाएर यी नेतालाई सत्तामा ल्याउने पुटिनको तयारी

डिसी नेपाल
१९ फागुन २०७८ १०:३२

काठमाडौं। पूर्वराष्ट्रपति भिक्टोर यानुकोभीचलाई युक्रेनको नयाँ नेता घोषणा गर्ने रुसको चाहना भएको विवरण युक्रेयिन्स्का प्राभ्दा वेबसाइटले युक्रेनी गुप्तचर संयन्त्रलाई उद्धृत गर्दै प्रकाशित गरेको छ। उक्त वेबसाइटमा समाचार र विश्लेषण प्रकाशित हुने गर्छ।

यानुकोभीच सन् २०१३-१४ मा भएको सरकारविरोधी आन्दोलनका बेला पदच्युत भएका थिए।

स्रोतका अनुसार यतिबेला उनी मिन्स्कमा भएको उक्त युक्रेनी वेबसाइटले लेखेको छ। उनी सन् २०१४ मा भागेर रुस गएका थिए।

यानुकोभीचलाई पुनः स्थापना गर्न क्रेम्लिनले सञ्चारमाध्यममा एउटा अभियान चलाउने वा उनले युक्रेनी जनतालाई सम्बोधन गरेको भाषण प्रकाशित गराउने तयारी गरेको हुनसक्ने उसको आकलन छ।

रुसलाई समर्थन गर्ने कुनै एक व्यक्तिलाई युक्रेन सरकारको प्रमुख बनाउने मस्कोले योजना बनाइरहेको यूकेले ज्यानुअरीमा बताएको थियो।

यूकेको फरेन अफिसले युक्रेनी सांसद येभ्हेन मुरायेभको नाम उल्लेख गर्दै उनी त्यसका लागि मस्कोको सम्भावित पात्र हुनसक्ने जनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *