रुसी आक्रमणमा परेको युक्रेनी परमाणु ऊर्जा केन्द्रमा आगलागी

डिसी नेपाल
२० फागुन २०७८ ११:२०
108
Shares

बीबीसी। युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको छ, तर अधिकारीहरूले त्यहाँ भएका अत्यावश्यक उपकरणहरूले काम गरिरहेको बताएका छन्।

युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाएको पुष्टि गरेको छ। त्यसबाट उक्त क्षेत्र र अन्यत्र पनि ठूलो राहत महसुस भएको छ।

शुक्रवार सबेरै युक्रेनले रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको जनाएको थियो। ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको भए पनि तत्काल ननिभाइए आगो फैलिन सक्ने डर बढेको थियो।

युक्रेनी पक्षले पहिला आफूलाई त्यहाँ जान रोकिएको बताएको थियो। तर बिहान ५ः२० बजे दमकलका कर्मचारीहरूले आगो निभाउन सुरु गरेका थिए। युक्रेनको आपत्कालीन सेवाले एक घण्टाजतिमा आगो निभाइएको जानकारी सामाजिक सञ्जालमा दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *