शैलुङ सांस्कृतिक महोत्सव सुरु

डिसी नेपाल
२० फागुन २०७८ २३:२६

दोलखा । शैलुङडाँडा दोलखामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ । महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र स्रोतसाधनले भरिपूर्ण रहेको बताए ।

नेपाल भ्रमण गर्ने जो कोही पर्यटकहरूले पनि शैलुङ भ्रमण नगरेमा त्यो भ्रमण अधुरै रहने उनको भनाइ थियो । ऋषिमुनीहरूले तपस्या गर्ने नेपालकै पवित्रस्थल शैलुङ प्राकृतिक रूपमा नै सुन्दर रहेको र यसको प्राकृतिक सौन्दर्य जोगाइ राख्न दोलखा र रामेछापका जनप्रतिनिधिलाई उनले आग्रह गरे । अन्त कतै नभएको विशेषता शैलुङमा रहेको बताउदै अध्यक्ष ओलीले शैलुङलाई विश्वमाझ परिचित गराइ पर्यटन प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपालकै चर्चित पर्यटकीय क्षेत्र कालिञ्चोकमा रहेको कालिञ्चोक भगवती मन्दिरको दर्शन गरेका थिए । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र शैलुङ गाउँपालिकाको सहआयोजनामा सञ्चालन भएको साहित्यक महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा देशभरका साहित्यकार तथा कलाकारहरूको सहभागिता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *