परमाणु केन्द्रमा हमलापछि जर्मनीले भन्यो- युक्रेन संकट तत्काल समाधान गर
किभ। जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन संकट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन्। राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन्।
एक घन्टा लामो सो वार्तामा चान्सलर सोल्जले युक्रेनमा जारी रुसी हमला बन्द गर्न आह्वान गर्दै युद्धबाट प्रभावितलाई मानवीय सहयोगका लागि पहुँच स्थापित गर्न पुटिनसँग अनुरोध गरेका थिए।
युक्रेनको परमाणु केन्द्रलाई रुसी सेनाले कब्जा गरेको पृष्ठभूमिमा जर्मन चान्सलरले पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् । रुसी सेनाले युरोपकै ठूलो मानिएको जापोरिज्यास्थित परमाणु केन्द्रमा शुक्रबार आगो लगाइदिएका थिए ।
आगो लगाइदिएपछि सो केन्द्रलाई रुसी सेनाले कब्जा गरेका छन् । रुसी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् । यसैबीच, आगलागी भएपनि त्यहाँबाट कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment