युक्रेनका राष्ट्रपति कहाँ छन् ? जहाँ परमाणु आक्रमणको पनि असर हुँदैन

डिसी नेपाल
२१ फागुन २०७८ १२:०१

काठमाडौं। रुस र युक्रेनबीच जारी युद्ध १० दिन भइसकेको छ । एकातिर रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देश छोडेर पोल्याण्ड भागेको दावी गरिरहेको छ भने जेलेन्स्कीले आफू युक्रेनमै भएको दावी गरिरहेका छन् । यी दावीहरुका बीच युक्रेनका पूर्व प्रधानमन्त्री मिकोला अजारोभले राष्ट्रपति जेलेन्स्की युक्रेनको राजधानी किभमा भएको खुलासा गरेका छन् ।

पूर्व प्रधानमन्त्री अजारोभले जेलेन्स्की सुरक्षित भएको बताएका छन् । उनले युक्रेनका राष्ट्रपति जेलेन्स्की किभमा एउटा अत्यन्तै सुरक्षित बंकरभित्र भएको बताए । अजारोभले भने ‘जेलेन्स्की जुन बंकरभित्र छन् त्यो यति बलियो छ कि त्यसमा परमाणु आक्रमणको पनि असर हुँदैन ।’ यसअघि रुसको सरकारी मिडियाले जेलेन्स्की युक्रेनबाट भागेर पोल्याण्डमा शरण लिएको दावी गरेको थियो ।

रुसको दावीपछि जेलेन्स्कीले एउटा भिडियो सन्देश जारी गरेका थिए । भिडियोमा उनले युरोपेली देशहरुसँग अपिल गर्दै यदि युक्रेनको समर्थन नगर्ने हो भने रुसबाट युरोप पनि सुरक्षित नहुने बताएका थिए । यही बीच युक्रेनको संसदले पनि दावी गर्दै राष्ट्रपति जेलेन्स्की अहिले पनि किभमै भएको बताएको छ । रुसको आक्रमण सुरु भएदेखि नै जेलेन्स्कीले आफू देश छाडेर नभाग्ने र अन्तिमसम्म किभमै रहने बताउँदै आएका छन् ।

टाइम्स अफ लण्डनको रिपोर्टअनुसार २४ फेब्रुअरीदेखि अहिलेसम्म राष्ट्रपति जेलेन्स्कीलाई मार्नको लागि ३ पटक प्रयास भइसकेको छ तर सबै प्रयास विफल भए । मिडिया रिपोर्टमा रुसको कमाण्डो दस्ता र चेचन आर्मीका लडाकूहरुले जेलेन्स्कीलाई मार्नको लागि निकै खोजी गरिरहेको खुलासा भएको थियो ।

जेलेन्स्कीले नेटो र युरोपेली देशहरुसँग लगातार युक्रेनलाई नो फ्लाइ जोन घोषित गर्न माग गर्दै आइरहेका छन् तर उनको मागपछि पनि नेटो र पुरोपेली देशले यस्तो घोषणा गरेका छैनन् । यो कुरालाई निएर जेलेन्स्की युरोपेली देशहरुसँग धेरै रिसाएका पनि छन् । उनले युरोपेली देशहरुको आलोचना गर्दै पश्चिमी सैन्य गठबन्धनले यसो नगरेर रुसी आक्रमणलाई स्वीकृति दिइरहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *