युद्धबिरामको मौका पारेर मानिसहरु निकाल्न सुरु, अबको ५ घण्टामा युद्धबिराम अन्त्य हुँदै

डिसी नेपाल
२१ फागुन २०७८ १५:३४

काठमाडौं। रुसले युक्रेनका दुई सहरमा केही समयका लागि युद्धबिरामको घोषणा गरेको छ । यी दुई सहरमा गरिएको युद्धबिरामको बारेमा विस्तृत जानकारी सार्वजनिक गरिएको छ । बीबीसीले पप्त थप जानकारीका आधारमा यतिबेला त्यहाँबाट मानिसहरु बाहिर निकाल्न सुरु गरिसकिएको बताएको छ । रुसले मानिसहरु बाहिर निकाल्न दिएको समय सुरु भइसकेको छ ।

रुसी सैनिकले दक्षिणपूर्वको मारियुपोल सहर घेराबन्दी गरेर लगातार आक्रमण गरेका थिए । यही बचि शनिबार बिहान रुसले केही समयको लागि युद्धबिरामको घोषणा गरेको थियो । मारियुपोल सिटी काउन्सिलबाट प्राप्त जानकारीका आधारमा बीबीसीले बताएअनुसार युद्धबिराम शनिबार स्थानीय समयअनुसार बिहान ९ बजे (नेपाली समय पौने १ बजे) देखि शनिबार अपरान्ह ४ बजे (नेपाली समय बेलुकी पौने ८ बजे) हुनेछ ।

यस क्रममा स्थानीय समयअनुसार बिहान ११ बजे (नेपाली समय दिउँसो पौने ३ बजे) देखि मानिसहरुलाई बाहिर निकाल्न सुरु गरिनेछ । यस क्रममा मानवीय कोरिडोर खोलिनेछ जो मारियुपोल सहरदेखि पश्चिममा रहेको सहर जेपोरजियासम्म हुनेछ । सहरका तीन ठाउँबाट बसहरु चलाइनेछन् । निजी गाडीहरुलाई पनि यही बाटो जान दिइनेछ ।

सहर प्रशासनले सबै प्रकारका गाडी चालकहरुलाई यो अवसरको पूरा फाइदा उठाउन र आफ्नो गाडीको हरेक कुनाको प्रयोग यहाँबाट मानिसहरुलाई बाहिर निकाल्नको लागि गर्न भनेको छ । जुन बाटोबाट मानवीय कोरिडोर खोल्ने सहमति भएको छ त्यो बाटो मात्र प्रयोग गर्न पाइनेछ । यो बाटो छोडेर अरु कुनै बाटो यात्रा गर्न सख्त मनाही गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *