लड्नका लागि ६६ हजार भन्दा धेरै युक्रेनी स्वदेश फर्किए

डिसी नेपाल
२१ फागुन २०७८ १६:०१

काठमाडौं । रुसी हमलापछि धेरैजसो चर्चा युक्रेनको सेना रुसको भन्दा तुलनात्मक रूपमा थोरै भएकामा केन्द्रित देखिन्छ।

र अझै रुसी फौजले दबाबमा पारिरहँदा आफ्नो देशका लागि लड्न भनेर ६६,२२४ जना युक्रेनीहरू स्वदेश फर्केको युक्रेनका रक्षामन्त्रीले दाबी गरेका छन्।

विदेशबाट फर्कने निर्णय गर्नेमध्ये एक ५६ वर्षीय फुटबल प्रशिक्षक समेत छन्।

युरी भर्निडबले मल्डोभाको एउटा क्लबलाई गत वर्षको च्याम्पिअन्स लीगमा रिअल मड्रिडविरुद्ध अचम्मलाग्दो जित दिलाएका थिए।

उनले आफ्ना छोराले रुसले हमला गरेको बताएकै बेला स्वदेश फर्कने निर्णय लिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *