प्रेस चौतारीको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन

डिसी नेपाल
२१ फागुन २०७८ २२:१३

काठमाडौं । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो । बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्षतामा विष्णु आचार्य, प्रतिष्ठानको अध्यक्षमा सरोज ढुङ्गेल र एसोसियट अध्यक्षमा श्रीहरि थापा निर्वाचित भएका छन् । सबै प्रदेशमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

बागमती प्रदेशको महासचिवमा प्रकाश दाहाल, उपत्यकाका महासचिवमा धनश्याम धमला र प्रतिष्ठानको महासचिवमा भिसा काफ्ले निर्वाचित भएका छन् । अधिवेशनको नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले उद्घाटन गरेका थिए । आज प्रेस चौतारीले देशभर नै प्रदेश अधिवेशन गरेको छ । प्रेस चौतारी नेपालको यहीँ फागुन २७ र २८ गते पोखरामा नवौँ राष्ट्रिय महाविधेशनको आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *