बिहेकै दिन बेहुलीकी बहिनीले यस्तो भिडियो पठाइदिएपछि बेहुलाले बिहे गर्न मानेनन्

डिसी नेपाल
२२ फागुन २०७८ १६:३७

काठमाडौं। एक व्यक्तिले बिहेकै दिन आफ्नी हुनेवाली बेहुलीसँग ब्रेकअप गरे । कसैले उनको फोनमा बेहुलीले ब्याचलर पार्टी गर्दै गरेको भिडियो पठाइदिएका थिए । उनको बिहेमा सहभागी हुन आएकी एक महिलाले यो कुराको खुलासा गरेकी हुन् । उनले सामाजिक संजालमा एक पोस्ट गर्दै बेहुलाले आफ्नी बेहुलीको आपत्तिजनक भिडियो देखेपछि बिहेकै दिन ब्रेकअप गरेको बताएकी छिन् ।

द सनको रिपोर्टअनुसार बेहुलीलालाई पठाइएको भिडियोमा बेहुली ब्याचलर पार्टीमा भद्दा हर्कत गर्दै गरेकी देखिएकी छिन् । भिडियो देख्नासाथ बेहुला झस्किए त्यसपछि उनले ततकालै बेहुलीसँग सम्बन्ध तोडिदिए । उनले बिहे गर्न अस्वीकार गरे । बेहुलालाई बेहुलीको भिडियो कसले पठायो भन्ने थाहा पाएपछि झन् त्यहाँ भएका मानिसहरु दंग परे ।

बिहेमा आएकी महिलाले सामाजिक संजालमा लेखेअनुसार बेहुलालाई यो भिडियो बेहुलीकी बहिनीले नै पठाएकी थिइन् । बेहुलीकी बहिनीले यो भिडियो जानीजानी बदला लिनको लागि पठाएकी थिइन् किनकि यो बिहेमा उनलाई ‘ब्राइड्समेड’को दर्जा दिइएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *