भिसा र टिकटबिनै जहाज चढेको घटना छानबिन समितिले बुझायो प्रतिवेदन

डिसी नेपाल
२२ फागुन २०७८ २०:५८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

९ फागुन राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पुगेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्ति यसरी विमानसम्म पुगेपछि सुरक्षा र जाँच प्रणालीलाई लिएर प्रश्न उठकेको थियो । त्यसपछि उक्त घटनाबारे जाँच गर्न १३ फागुनमा एक उच्चस्तरीय समिति गठन गरएको थियो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप-अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य रहेका थिए ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गरिने बताए । उनले विमानस्थलभित्र रहेका विभिन्न निकायसँगको सहकार्यमा प्रतिवेदन कार्यान्वयनमा अघि बढ्ने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *