दक्षिण कोरियाले पनि रूसमाथि प्रतिबन्ध लगायो

डिसी नेपाल
२३ फागुन २०७८ १२:५३
740
Shares

काठमाडौं । दक्षिण कोरियाले रुसको केन्द्रीय ब्याङ्कसँग कारोबार बन्द गर्ने घोषणा गरेको छ।

युक्रेनमा आक्रमण गर्ने रुसी कदमविरुद्ध कडा कारबाही गर्ने पश्चिमा देशहरूको निर्णयलाई साथ दिँदै दक्षिण कोरियाली विदेशमन्त्रीले उक्त घोषणा गरेका हुन्।

यसअघि संयुक्त राज्य अमेरिकाले रुसी केन्द्रीय ब्याङ्क, अर्थ मन्त्रालय र रुसी सरकारको लगानी भएका कोषहरूसँग कारोबार बन्द गरेको थियो।

युरोपेली सङ्घ ईयूले पनि रुसविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *