युक्रेन र रुसको विवादमा चीन मध्यस्थताको लागि तयार

डिसी नेपाल
२३ फागुन २०७८ १६:३६

काठमाडौं। रुस र युक्रेनबीच जारी विवाद र युद्धमा चीन मध्यस्थता गर्नको लागि तयार भएको छ । चीनका विदेशमन्त्री वांग यीले यो विवादमा चीन ‘जरुरी मध्यस्थता’ गर्नको लागि तयार भएको बताएका छन् । चीनका विदेशमन्त्रीको यो बयान युक्रेन र रुसबीच तेस्रो चरणको वार्ता सुरु हुनुभन्दा ठिक पहिले आएको हो ।

चीनका विदेशमन्त्रीले युक्रेन संकट समाधान गर्नको लागि चीनले हरेक किसिमको कोसिस गर्ने बताएका छन् । उनले चीनको रेडक्रसले छिटै युक्रेनमा सहायता पठाउन लागेको बताएका छन् । उनले रुससँग चीनको मित्रता अहिले पनि चट्टानजस्तै बलियो रहेको बताएका छन् ।

नेपाली समयअनुसार आज बेलुकी पौने ६ बजे रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सुरु हुँदैछ । यसको ठिक अगाडि चीनका विदेशमन्त्रीले मध्यस्थताको लागि तयार रहेको बयान दिएका हुन् । यो वार्ताभन्दा अगाडि रुसले युक्रेनमा राजधानी किभसहित ४ ठूला सहरहरुमा युद्धबिरामको घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *