बिहान बेलुकी छाक टार्ने महिलाहरुका लागि नारी दिवस, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ (फोटो फिचर)
काठमाडौँ। आज मार्च ८ गते विश्वभर नै नारी दिवस मनाइँदैछ। यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो। नारी दिवस सन् १९१० मा क्लारा जेट्किनले सुरु गरेकी थिइन्।
राजनीतिक तवरबाट शुरू भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानतालगायतका सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेको छ। विश्वभरका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै नारी दिवस मनाउने गरेका छन्।
विभिन्न संघ-संस्था र कम्पनीहरुले पनि यस दिन विविध कार्यक्रमको आयोजना गर्ने गर्दछन्। साथै धेरै जसो क्षेत्रमा आज काम गर्ने महिलाहरुलाई बिदा दिने चलन छ। आजको दिन महिलाहरुले कामलाई अग्रस्थानमा नराखी आफूलाई स्वतन्त्र भएर दिन बिताउन भनेर कामबाट दिने गरेको हो।
तर, दिनभरी ज्याला मजदुरी गरेर आफ्नो विहान बेलुकाको छाक टार्ने महिलाहरुका लागि भने नारी दिवस कागलाई बेल पाक्यो हर्ष न विस्मत जस्तै भएको छ। उनीहरु नारी दिवस भनेकोसम्म पनि थाहा नभएको इँटा बनाउँदै गरेकी एक महिला बताउँछिन्। उनी भन्छिन्, ‘के के दिवस मनाएर के गर्नु भरे यहाँबाट लगेको पैसाले छोराछोरीको भोक टार्नुछ ।’
यी इँट्टाभट्टामा काम गर्दै आइरहेका महिलाहरुको जीवन कति कस्टकर छ। ६ महिनासम्म काम चल्ने इटा भट्टामा रामेछाप, सिन्धुली, काभ्रे लगायतका स्थानबाट काम गर्न आउने गर्दछन् । कतिले आफ्ना साना नानी बाबुलाईसँगै लिएर आउछन् त कतिले घरमा छाडेर आउने गरेको बताए । पैसा कमाउनका लागि श्रीमानका साथमा रामेछापबाट आएकी एक महिला भन्छिन्, ‘यो दिवस त हामीलाई थाहा हुँदैन । हामी त काम गर्ने हो खाने हो।’
धुलो, धुवा र चर्को घाममा इटा बनाउँदै छोरा छोरीको सुन्दर भविष्यको खोजीमा धेरै महिलाहरु काम गरिरहेका छन्। इट्टाभट्टामा काम गर्ने महिलाहरुले १ हजार इट्टाको १ हजार २ सयदेखि १ हजार ३ सयसम्म ज्याला पाउने गरेका छन्। उनीहरुले दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म इट्टा पर्ने गर्दछन्।
आजको नारी दिवसका अवसरमा हामीले इटाभट्टामा काम गर्दै गरेका महिलाहरुदेखि सडकमा बसेर सानो खुद्रा व्यापार गर्दै गरेका महिलाहरुका तस्वीरलाई समेटेका छौं ।
हेर्नुहोस् १७ तस्विरमा:
















No ads found for this position

डिसी नेपाल
Facebook Comment