नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन जर्जियामा हुँदै

डिसी नेपाल
२३ फागुन २०७८ २०:४७
72
Shares

अमेरिका । एसोसियसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल अफ अमेरिकाज (नापा) को तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सन् २०२२ मे २७ (२९ मा एटलान्टा, जर्जियामा हुने भएको छ।

‘परिवर्तित विश्वमा कृषि आधुनिकीकरण’ भन्ने नारासहित सम्पन्न हुन गइरहेको उक्त सम्मेलनमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, नेपाल लगायत अन्य मुलुकहरूमा रहेका कृषि र अन्य सम्बन्धित विषयका वैज्ञानिकहरुले विभिन्न विद्याहरूमा आफ्ना सोधपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा वैज्ञानिक सोधपत्र प्रस्तुति बाहेक नापाको रणनीतिक छलफल, कृषि उद्यमी बीच अन्तरक्रिया तथा विद्यार्थीहरुलाइ लक्षित गरि विशेष कार्यक्रम हुन गइरहेको छ। विद्यार्थीहरुले मौखिक र पोस्टर दुवै माध्यममा आफ्नो सोधपत्रका साथै निबन्ध समेत प्रस्तुत गर्न सक्नेछन् र उत्कृष्ट विद्यार्थी प्रस्तोताले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन ।

साथै कार्यक्रममा सहभागी जो कोहिले कृषि(कविता प्रतियोगितामा भाग लिई उत्कृष्ट हुनेले पुस्कार र प्रमाणपत्र समेत प्राप्त गर्न सक्नेछन । नापाका वर्तमान अध्यक्ष डा. मेघनाथ पराजुलीले नापाको सन् २०२०मा सम्पन्न दोश्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनमा करिब १६० वैज्ञानिकहरुको प्रस्तुति रहेकोमा अहिले त्यो संख्या बढ्ने अपेक्षा रहेको जानकारी गराएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *