लुम्बिनीका ५ जिल्लामा बढ्दै लागुऔषध कारोबार

डिसी नेपाल
२३ फागुन २०७८ २०:५१

दाङ । लुम्बिनी प्रदेश राजधानी दाङसहित, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु दाङ र रुपन्देहीमा लागुऔषध कारोबार मौलाउँदै गएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्यरुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७५\७६ देखि हालसम्म लागुऔषध कारोबारमा संलग्न २ हजार ९ सय ९८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेशी नागरिक समेत रहेका छन् ।

चार वर्षको अवधिमा १ सय ११ विदेशी नागरिक लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका विदेशीहरु सबै पुरुष रहेका छन् ।

प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेका करिब ३ हजार कारोबारी पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एसएसपी केदार घिमिरेले जानकारी दिए ।

चालुवर्षको करिब सात महिनाको अवधिमा मात्रै ३ सय ८२ पुरुष र २५ जना महिला लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा आर्थिक वर्ष २०७५\७६ मा १ हजार २ सय ११ जना पक्राउ परेका छन् भने आर्थिक वर्ष २०७६\७७ मा ८ सय २ जना कोरोबारी पक्राउ परेका छन् । यसैगरी आर्थिक २०७७\०७८ मा ५ सय ७९ जना र चालु आर्थिक वर्षको माघ अन्तिमसम्म ४ सय ७ जना पक्राउ परेका छन् । प्रदेशमा चार वर्षको अवधिमा २ हजार ८ सय ५ जना पुरुष रहेका छन् भने १९३ जना महिला पक्राउ परेको प्रवक्ता घिमिरेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *