रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

डिसी नेपाल
२४ फागुन २०७८ ७:११
116
Shares

किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन्। रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन्।

रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन्। यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए।

यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन्। रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ। यसअघि भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *