विश्व बैङ्कद्वारा युक्रेनको लागि ७० करोड डलरको अनुदान प्याकेज अनुमोदन

डिसी नेपाल
२४ फागुन २०७८ १०:१३

काठमाडौं । विश्व बैङ्कले युक्रेनका लागि ७० करोड डलर बराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ।

अस्पतालका कर्मचारीलाई तलब खुवाउन,वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई सो रकमले सहयोग पुर्‍याउने बैङ्कले जनाएको छ।

केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बसिदिनेछन्।

विश्व बैङ्कको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क, लाटिभिआ र लुथिआनिआ लगायत देशले पनि सहयोग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *