युक्रेनको ओडेसा शहरमा विस्फोटको ठूलो आवाज सुनियो

डिसी नेपाल
२४ फागुन २०७८ १०:२२
80
Shares

काठमाडौं । युक्रेनको दक्षिण-पश्चिमी बन्दरगाह शहर ओडेसामा विस्फोटको ठूलो आवाज सुनिएको छ।

पश्चिम तर्फबाट तीन अथवा चारवटा विस्फोटका आवाज सुनिएको बीबीसीका एक संवाददाताले बताएका छन्।

विवरणमा जनाइएअनुसार युक्रेनी प्रतिरक्षा प्रणालीले रुसी क्षेप्यास्त्रहरूलाई खसाल्ने गरेको छ।

मस्कोका लागि ओडेसा महत्त्वपूर्ण रणनीतिक शहरको रूपमा रहेको छ।

यसअघि सोमवार रुसी हवाई हमलाले एउटा बेकरी उद्योगलाई निशाना बनाउँदा १३ जना कामदार मारिएको उद्धारकर्मीहरूले बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *