रूसका उच्च सैनिक अधिकारीलाई युक्रेनले मारिदियो

डिसी नेपाल
२४ फागुन २०७८ १०:२४
1.7k
Shares

काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी ”उच्च सैन्य अधिकारी मारिएका छन्”।

बीबीसीले स्वतन्त्र रूपमा यस विषयको पुष्टि गर्न सकेको छैन। रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन्।

युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन्।

कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ।

युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए।

‘‘क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात्’’ उनले पदक प्राप्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *