युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन रुस तयार

डिसी नेपाल
२४ फागुन २०७८ ११:५९
36
Shares

काठमाडौं । रुसले स्थानीय समयानुसार बिहान १० बजे युक्रेनमा “विरामको अवधि” घोषणा गर्ने तथा मानिसहरूलाई अन्यत्र जान बाटो दिने विवरण रुसी सरकारी सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

उनीहरूले रुसी रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै किएभ, चेर्निहिभ, सुमी, खार्किभ र मारिऊपोल सहरबाट सर्वसाधारण मानिसहरूलाई बाहिर निकाल्न त्यसो गर्न लागिएको बताएका छन्।

रुसले यसअघि प्रस्ताव गरेका अधिकांश निकास मार्ग रुसतिर जान्छन्। तर युक्रेनले त्यसलाई अस्वीकार गरिसकेको छ।

युक्रेनले रुसको नयाँ प्रस्तावबारे केही टिप्पणी गरिसकेको छैन।

यसअघि युद्ध भइरहेका स्थानबाट मानिसहरूलाई सुरक्षित रूपमा अन्यत्र लैजानै सबै प्रयास विफल भएका थिए। त्यसका लागि दुवै पक्षले एकअर्कालाई दोष दिने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *