जापानले रुस र बेलारुसमाथि थप प्रतिबन्ध लगायो

डिसी नेपाल
२४ फागुन २०७८ १२:२८
416
Shares

काठमाडौं। युक्रेनमा रुसले गरेको आक्रमणका कारण जापानले रुस र बेलारुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । क्योदो न्यूज एजेन्सीका अनुसार जापानले यी देशका सरकारी अधिकारीहरु र अन्य संस्थानहरुका सम्पत्ति जफत गर्ने भएको छ ।

जापानका चीफ क्याबिनेट सेक्रेटरी हिरोकाजु मात्सुओले भनेका छन् कि उनको देशले रुसबाट तेल रिफाइनरीका सरसामान र बेलारुसबाट आयात हुने केही सामानमा पनि रोक लगाउँदैछ । जापानले रुस र बेलारुसका ३२ व्यक्तिहरु र १२ संस्थानहरुका जापानमा रहेका सम्पत्ति जफत गरेको छ ।

जापानले पहिले नै अमेरिका र अन्य पश्चिमी देशहरुले जस्तै बेलारुसमाथि कडा आथिृक प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धमा दुवै देशका राष्ट्रपतिहरुको सम्पत्ति जफत गर्नु पनि समावेश छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *