रुसले युरोपमा ग्यास आपूर्ति ठप्प पारिदिने

डिसी नेपाल
२४ फागुन २०७८ १२:४८
1.3k
Shares

काठमाडौं। युक्रेनमा आक्रमणपछि पश्चिमी देशहरुले रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला रुसले यदि आफ्नो देशबाट तेल आयातमा प्रतिबन्ध लगाइयो भने युरोपमा ग्यास आपूर्ति ठप्प पारिदिने धम्की दिएको छ । रुसबाट ग्यास पाइपलाइनमार्फत जर्मनी जान्छ र त्यहाँबाट युरोपमा वितरण हुन्छ । रुसले यो आपूर्ति रोक्न सक्ने बताएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले चेतावनी दिएको छ कि उसले जर्मनीको लागि ग्यास पाइपलाइन बन्द गर्न सक्छ । रुसको यो कदम बर्लिनको तर्फबाट गत महिना विवादित नर्ड स्ट्रिम २ पाइलपाइन परियोजनामा रोक लगाउने निर्णयको जवाफमा आएको हो । युरोपमा खपत हुने ग्यासको ४० प्रतिशत आपूर्ति रुसले गर्ने गर्छ ।

रुसका उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले भनेका छन् ‘हामीलाई पूरा हक छ कि हामीले पनि नर्ड स्ट्रिम १ ग्यास पाइपलाइनबाट आपूर्तिलाई रोकिदिउँ ।’ नोभाकले चेतावनी दिँदै अगाडि भने ‘यदि अमेरिका र उसका सहयोगी देश रुसी तेल आयातमा रोक लगाउँछन् भने यसबाट तेलको मूल्य बढेर ३०० डलर प्रतिब्यारल सम्म पुग्न सक्छ ।’ रुसले युक्रेनमा आक्रमण सुरु गर्ने दिन ९२ डलर प्रतिब्यारल रहेको कच्चा तेलको मूल्य अहिलेसम्म बढेर १२२ डलर पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *