युक्रेनी शरणार्थीका लागि ईयूको सहायता रकम ‘अपर्याप्त’

डिसी नेपाल
२४ फागुन २०७८ १७:०५

काठमाडौं । युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्ने देशहरूका लागि युरोपेली सङ्घ (ईयू) द्वारा प्रस्तावित ५० करोड यूरो सहयोग रकम अपर्याप्त रहेको पोल्यान्डका उपविदेशमन्त्रीले बताएका छन्।

“प्रस्ताव गरिएको रकम सबै सहयोगी देशहरूलाई बाँड्ने भएकाले यो पक्कै पनि पर्याप्त हुनेछैन,” पावेल जाब्लोन्स्कीले पोल्साट न्यूजसँगको अन्तर्वार्तामा भने।

युद्ध सुरु भएदेखि करिब १२ लाख मानिसहरू पोल्यान्ड पुगेका छन्। तीमध्ये ९० प्रतिशत शरणार्थी युक्रेनी नागरिक हुन्।

जाब्लोन्स्कीको प्रारम्भिक आकलनअनुसार १० लाख शरणार्थीको शिक्षा, स्वास्थ्यसेवा र सामाजिक बीमाजस्ता पक्ष ध्यानमा राख्दा अनुमानित दुई अर्ब यूरो खर्च लाग्छ।

“यो १० लाख मानिसहरूका लागि गरिएको अनुमान हो र हामीसँग योभन्दा धेरै शरणार्थी हुनेछन्,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *