स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनः घोराही उपमहानगर भन्दा तुलसीपुर राम्रो, राप्ती पहिलो

डिसी नेपाल
२४ फागुन २०७८ २१:५२

दाङ । दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा घोराही उपमहानगर भन्दा तुलसीपुर उपमहानगर राम्रो देखिएको छ ।

घोराही भन्दा ४ अकंले तुलसीपुर बढी देखिएको छ । घोराही उपमहानगरपालिकाले ६० दशमलव ८८ अंक ल्याउँदा तुलसीपुर उपमहानगरपालिकाले ६४ दशमलव ४१ अंक ल्याएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो ।

राप्तीले ७५ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिए । शान्तिनगर दोस्रोमा रहेको छ । शान्तिनगर गाउँपालिकाले ७० दशमलव ३० अकं प्राप्त गरेको छ ।

प्रतिवेदनमा बंगलाचुली गाउँपालिकाले ५४ दशमलव ३९, घोराही उपमहानगरपालिकाले ६० दशमलव ८८, तुलसीपुर उपमहानगरपालिकाले ६४ दशमलव ४१, बबई गाउँपालिकाले ५८ दशमलव ९८, दगीशरण गाउँपालिकाले ५९ दशमलव ३२, गढवा गाउँपालिकाले ४७ दशमलव ९८ र राजपुर गाउँपालिकाले ४५ दशलमलव ५१ अंक पाएको छ ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५ दशमलव ५१ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९÷८० का लागि स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *