उत्तर अमेरिकी आवश्यकता पूरा गर्न भेनेजुएलाले तेल उत्पादन बढाउन सक्ने
काठमाडौं । भेनेजुएलाले रुसी तेल प्रतिस्थापनका लागि सहयोग गर्न आफ्नो तेल उत्पादन प्रतिदिन चार लाख ब्यारलले वृद्धि गर्नसक्ने बताइएको छ।
भेनेजुएलाको तेल च्याम्बरका प्रमुख रेनाल्डो क्विन्टेरोले बीबीसीसँग उक्त देशसँग आफ्नो उत्पादन स्तरलाई हालको दैनिक आठ लाख ब्यारलबाट बढाएर १२ लाख ब्यारल पुर्याउन सक्ने पूर्वाधार रहेको बताएका छन्।
“त्यसले हामीलाई उत्तर अमेरिकी बजारको केही माग आपूर्ति गर्न सक्षम बनाउनेछ,” उनले भने।
अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेका राष्ट्रपति निकोलास मडुरोको सरकारसँग भेटघाटका लागि हालै अमेरिकी अधिकारीहरूले अप्रत्याशित रूपमा उक्त देशको भ्रमण गरेको खबरमाझ उनको उक्त भनाइ आएको हो।
यद्यपि अमेरिकी कङ्ग्रेसका केही सदस्यहरू रुसको अटल साझेदार भेनेजुएलासँग सम्बन्ध पुनर्स्थापित गर्ने कोसिसको कडा आलोचक रहँदै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment