श्रीलंका-११विरुद्ध नेपाल बलिङमा

डिसी नेपाल
२७ फागुन २०७८ ११:१८
136
Shares

काठमाडौं। अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेल्दै छ ।

श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ ।

यसअघि नेपालले तीन अभ्यास खेलमा जित हात पारेको थियो । अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्ने छन् ।

नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

नेपाल टिम

कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख

श्रीलंका कम्बाईन ११

कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो र दिलांका अवाभ्दत


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *