घोराही खानेपानी अध्यक्ष पदमा शर्माको दाबी

डिसी नेपाल
२८ फागुन २०७८ १९:३६

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा संस्थाका सचिव सुमन शर्माले आफ्नो उम्मेदवारी रहने बताएका छन्।

एक कार्यकाल सदस्य र सचिव पदमा रहि सफलतापूर्वक काम गरी सकेका शर्मा उपभोक्ता माझ लोकप्रिय छन्। सदैव उपभोक्ता को हितमा समय खर्चिएका शर्मा अहोरात्र खानेपानी वितरण तथा उपभोक्ता लाई सहज एवं सरल तरिकाले सेवा प्रदान गर्नैमा व्यस्त हुन्छन्। गएको माघ महिनामा हुने भनिएको संस्थाको निर्वाचन प्राविधिक कारणले रोकीन पुगेको थियो तर अहिले निर्वाचन को सरगर्मी ह्वात्तै बढेको छ।

आकांक्षी हरुले आफ्नो दावेदारी प्रस्तुत गरिरहेको समयमा शर्माले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताएका छन्। एक कार्यकाल सदस्य र सचिव पदमा रहि मैले उपभोक्ताज्यूहरू लाई सेवा गरेको छु, संस्थाको हितको लागि अहोरात्र खटेको छु, त्यसैले उपभोक्ताज्यूहरूले मैले गरेका कामको उचित मुल्याङ्कन गर्नुहुनेछ भन्नेमा आफू विश्वस्त रहेकोले अध्यक्ष पदमा उम्मेदवारी रहने शर्मा वताउछन्।

सामाजिक संघसंस्था रही लामो समय काम गरेका शर्मा एक समाजसेवी एवं बौद्धिक व्यक्तित्त्व का रुपमा परिचित छन्। सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा बिभिन्न आरोह-अवरोह लाई छिचोल्दै शर्मा गण्तव्यमा पुग्न सफल हुने पात्रका रुपमा आफुलाई परीचित गराइसकेका छन्।एक असल समाजसेवी‌मा हुनुपर्ने गुण शर्मामा रहेको उनलाई नजिकबाट चिन्नेहरु वताउछन्।

हरपल हरक्षण घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था को वृहत्तर हितमा आफुलाई समर्पित गरेका शर्मा उपभोक्ता लाई सहज एवं सरल तरिकाले घरघरमा पुगेर सेवा प्रदान गर्ने उद्देश्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन्।
उपभोक्ता ज्यूहरूले दिएको माया, ममता र स्नेहलाई मन, वचन र कर्मले गर्ने प्रतिबद्धता शर्माले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *