अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलन हुँदै

डिसी नेपाल
२९ फागुन २०७८ २२:१३

वाशिंगटन डिसी । अमेरिकामा बसेका नेपालीहरुको राष्ट्रिय सम्मेलन टेक्सासको ड्यालस शहरमा हुने भएको छ । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को अगुवाइमा सो सम्मेलन हुन लागेको हो । एएनएका अध्यक्ष विजयराज भट्टराईका अनुसार जुलाई २ र ३ मा नेपाली समाज टेक्सासको होष्टमा सो सम्मेलन आयोजना हुन लागेको हो ।

मार्च १२ शनिवार यसबारे पत्रकार तथा सामाजिक संघ संस्थाहरुलाई जानकारी दिन राखिएको कार्यक्रममा सम्मेलनका चेयर तथा ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराई र नेपाली समाज टेक्सास (एन. एस. टी.) का अध्यक्ष तथा कन्भेनर राजेन्द्र वाग्लेले कार्यक्रमको बिस्तृत जानकारी दिएका थिए ।

ए.एन.ए. बोर्ड अफ डिरेक्टर कृष्ण कुसुमले संचालन गरेको उक्त कार्यक्रममा टेक्सासको डाल्लास क्षेत्रमा रहेका पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

संसारका बिभिन्न देशमा रहेको प्रबुद्ध नेपालीहरु, आ–आफ्नो बिषयमा विज्ञता प्राप्त व्यक्तिहरु समेटेर बिशेष जानकारीमुलक कार्यक्रमहरु राखिएको एएनएले जनाएको छ ।

सम्मेलनका चेयर तथा कन्भेनर द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सवै संघ संस्थाहरुलाई जोडेर यस सम्मेलनलाई नेपालीहरुको एउटै आवाजको रुपमा अघि बढाउन अनुरोध समेत गरिएको छ । सम्मेलनमा नेपाल फोरम, टेक्नोलोजिकल ट्रान्सफर्मेशन, बिजनेस फोरम, किड्स इभेन्ट्स, वुमेन्स फोरम, ब्रेन गेन\ब्रेन ड्रेन, डिजे\कन्सर्ट, स्पोर्ट्स को अलावा फिल्म फेस्टिभलको आयोजना गरिने भएको छ ।

अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई ए.एन.ए. महिना पनि भन्ने गरिन्छ । सन १९८३ को स्थापनाकालदेखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *