धेरै सेक्स गरेर आफ्ना श्रीमानको हत्या गरेको आरोपमा महिलामाथि भिडले निर्घात कुटपिट

डिसी नेपाल
३० फागुन २०७८ १६:२७

काठमाडौं। एक महिलालाई सेक्सको ओभरडोजबाट आफ्ना श्रीमानको हत्या गरेको आरोप लाग्यो । त्यसपछि उनका छिमेकीहरु र उनका श्रीमानका अनफन्तहरु जुटे र महिलामाथि आक्रमण गरे । पछि घटनास्थलमा पुलिस आइपुग्यो र महिलालाई बचायो । घटना नाइजेरियाको एनम्ब्रा राज्यको हो । यहाँ अगुलेरी समुदायका एक पुरुषको मृत्यु भएको थियो ।

मृतकका आफन्त र छिमेकीहरुले महिलामाथि आफ्ना पतिलाई सेम्सको ओभरडोजबाट मारेको आरोप लगाएका छन् । यो घटनाको एउटा भिडियो पनि भाइरल भएको छ । भिडियोमा महिला आफ्ना पतिको शवको नजिकै नग्न अवस्थामा बसिरहेकी देखिएकी छिन् । समुदायका मानिसहरुले उनीमाथि गालीगलौज गरिरहेको भिडियोमा सुन्न सकिन्छ । पुलिसले स्थानीय समाचार वेबसाइट पंचएनजी डटकमसँग कुरा गर्दै भिडियोमा कुनै छेडछाड नगरिएको र त्यही भिडियो नै सही भएको बताएको छ ।

पुलिसका अनुसार महिलालाई कुटपिट गरेको आरोपमा एक आरोपीलाई गिरफ्तार गरिएको छ । एनम्ब्रा राज्य पुलिसका प्रवक्ता तोचुकु इकेंगाले भने ‘अगुलेरीमा आक्रोशित भिडको बीचबाट एनम्ब्रा पुलिसले एक महिलालाई बचाएको छ ।’ यो कारवाही उक ट्रेण्डिङ भिडियोको आधारमा गरिएको हो । यो भिडियोमा एक महिलालाई सार्वजनिक रुपमा हिंसा र अपमान गरिएको थियो र उनलाई आफ्ना पतिको मृत्युको जिम्मेवार भनेर कुटपिट गरिएको थियो ।

पुलिस प्रवक्ताले अगाडि भने ‘पुलिस कमिश्नर इचेंग इचेंगले यो घटनालाई बर्बर बताएका छन् । मामिलासँग जोडिएका एक संदिग्ध पुलिसको हिरासतमा छन् । भिडियोको जाँच भइरहेको छ ताकि अन्य संदिग्धहरुको पहिचान हुन सकोस् र गिरफ्तार गरेर उनीहरुमाथि कारवाही गर्न सकियोस् ।’ पुलिस प्रवक्ताका अनुसार मृतकको शवलाई पहिले नै गाडिसकिएको छ । भिडियो ट्रेण्ड भएपछि महिलालाई उद्धार गरियो र अहिले उनको उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *