एमाले रुकुमपूर्वको अध्यक्षमा ओली

डिसी नेपाल
३० फागुन २०७८ २२:०८

रुकुमपूर्व । नेकपा (एमाले)को नयाँ जिल्ला कार्य समिति चयन भएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । ओली यसअघि पनि जिल्ला कार्य समितिको अध्यक्ष थिए ।

नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन भएका छन् । उपसचिव बुढा पनि जिल्ला कार्यसमितिको पुरानै अनुहार हो । पदाधिकारीमा उपाध्यक्ष, सचिव र महिला उपससचिव नयाँ आएका हुन् ।

रुकुमकोटमा फागुन २७ गते उद्घाटन भएको एमालेको आठौँ अधिवेशनले चार दिनसम्मको निरन्तर छलफलपछि नयाँ कार्य समिति टुङ्ग्याएको हो । एमालेले केही हिमाली जिल्लामा बाँकी राखेर अन्य सबै जिल्लामा गएको पुस २३ गते जिल्ला अधिवेशन गरेको थियो । यस जिल्लमा पाँच पदाधिकारीसहित ६५ सदस्यीय जिल्ला कार्यसमति चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जनाको जिल्ला कार्य समिति बनाइएको एमालेले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *