जोखिम मोल्न चाहनेले एक पटक पुग्नै पर्ने स्थान ‘द क्लिफ’ (फोटो फिचर)

डिसी नेपाल
१ चैत २०७८ १०:४९

काठमाडौं। कालीगण्डकीको खोचमा निर्माण गरिएको विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जीले साहसिक पर्यटकहरुलाई निकै लोभ्याएको छ। पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल, बन्जी, स्वीङ र स्काइ साइक्लिङमा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु त्यहाँ पुग्ने गरेको गर्दछन्। ‘द क्लिफ प्रालिले निर्माण गरेको यस साहसिक खेल बाग्लुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ मा बनेको छ।

कालीगण्डकी नदीमाथि ५ सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा बन्जी र पीङको लागि जम्प गर्ने प्लेटफर्म निर्माण गरिएको छ। बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ गुलेलीको शैलीमा निर्माण गरिएको छ। यो पिङमा मान्छे बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ। बन्जी र स्वीङ गर्नको लागि ७–७ हजार र पिङका लागि २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ। यहाँको स्काई साइक्लीङ २ सय २८ मिटर अग्लो छ। यसको लम्बाई तीन सय मिटरको छ। दुइतर्फी रुट भएकाले एकपटकमा दुई जनाले साइक्लीङ गर्न सक्ने छन्। रिसोर्टमा बनाइएको विभिन्न आकृतिले जो कसैको पनि मन लोभाउने गर्दछ । शान्त, सफा परिवारिक वातावरण भएको द क्लिफ रिसोर्टमा त्यहाँका कर्मचारीहरुको सौहार्दपूर्ण व्यवहारले झनै सुनमा सुगन्ध थपिएको छ ।

तस्विरमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *