कुलोको समिति गठन गर्ने भनि एमाले प्रवेश गराएकोमा माओवादी नेताको आपत्ति (विज्ञप्तिसहित)
दाङ। माओवादी केन्द्रका चारजना नेताले कुलोको समिति गठन गर्ने भनेर एमाले प्रवेश गराएकोमा आपत्ति जनाएका छन्। तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउँदै आफूहरू माओवादी केन्द्रमै रहेको बताएका छन्।
माओवादी नेताहरू सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले संयुक्त विज्ञप्ति निकालेर आफूहरू एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको बताएका हुन्।
‘२६ फागुनमा तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीहरुलाई बोलाइयो। त्यहाँ कुलोको समिति भनि सिताराम चौधरीको नेतृत्वमा एउटा समिति पनि निर्माण गरियो। तर, पछि सामाजिक सन्जालमा एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,’ जारी विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेको र अहिले पनि माओवादी केन्द्रमै रहेको करा जानकारी गराउँदै एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले पनि विश्वास नगर्न हुन् अनुरोध गर्दछु।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment