तस्बीरमा काठमाडौंको होली
काठमाडौं । काठमाडौं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिममा मनाइँदै छ । बिहानैदेखि काठमाडौंमा एकअर्कालाई रङ लगाएर होली मनाइरहेका छन् ।
होलीका अवसरमा काठमाडौंको वसन्तपुर, भृकुटीमण्डपलगायत क्षेत्रमा विशेष कार्यक्रम भइरहेको छ । प्रेम, सद्भाव, भातृत्व र एकताको पर्व होलीलाई रंगहरुको पर्व पनि भनिन्छ ।
आपसमा रंग खेलेर मनाइने यो पर्वको बेग्लै धार्मिक तथा साँस्कृतिक महत्व छ । सडकमा पनि होली खेल्न निस्कनेहरु प्रशस्त भेटिएका छन् ।
तस्बीर: न्युज कारखाना
प्रतिक्रिया
Facebook Comment