कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते, संसदीय समिति गठन हुने

डिसी नेपाल
४ चैत २०७८ १९:२८

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति

गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठकमा संसदीय समिति गठन,आगामी स्थानिय निर्वाचनको तयारी लगायत अन्य बिबिध बिषयमा छलफल गरिने कार्यसूची रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *