मधेश प्रदेश नीति आयोगको उपाध्यक्षलाई महामूर्खको उपाधि

डिसी नेपाल
४ चैत २०७८ २१:४३
20
Shares

जनकपुरधाम । जनकपुरधाम मिथिला नाट्यकला परिषद् (मिना) ले होली पर्वको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेशका नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई दिएको छ ।

मिथिला काला सांस्कृतिकको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेको मिनापले होली पर्वको पर्व सन्धयामा एक कार्यक्रमबीच उपाध्यक्ष झालाई महामूर्खको उपाधि दिएको हो । होली पर्वको पूर्व सन्धयामा हुने महामूर्ख सम्मेलनमा समाजिक, राजनीतिकलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापले महामूर्खको उपाधि दिने गरेको मिनापका पूर्व अध्यक्ष सुनिल मलिकले बताए ।

त्यसैगरी यस वर्ष मधेश प्रदेश सांसद मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका जनकपुरधाम नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनीषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेशको उपाधि दिएको छ ।

त्यसैगरि, मिनापले गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ ।

समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई मिनापले २०६१ सालदेखि नै ‘महामुर्ख’को उपाधि प्रदान गर्दै आएको छ । मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवाहरूलाई सम्मान गर्ने गरेको छ ।

यसअघि मैथिली कवि नरेश ठाकुर, एमालेका नेता शीतल झा, राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोष कापडीलगायतलाई मिनापले महामूर्खको उपाधि दिइसकेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *