कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित)

डिसी नेपाल
५ चैत २०७८ ६:३४
96
Shares

काठमाडौं। कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ।

जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव बोर्डको बैठकमा लगिएको थियो। बोर्ड बैठकले १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने बताए । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ।

परीक्षा कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै सञ्चालन हुने नियन्त्रक शर्माले बताए । भौतिक दूरीको पालना गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुनेछ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *