हामीलाई सिधै इराक उड्न देउ सरकार !

डिसी नेपाल
५ चैत २०७८ २२:३९

इराक । इराकमा रहेका श्रमजिबी नेपालीहरुले नेपाल आएपछि फर्कनको लागि भारतको बिमानस्थल वा नेपालकै बिमानस्थल बाट एजेन्ट लाई चर्को सेटिङ शुल्क तिरेर आउनु परेको गुनासो गरेका छन् ।

मार्च ८ मा सम्पन्न प्रवासी नेपाली समाज सुलेमानिको सामुहिक बैठकले नेपाल सरकार बाट इराकमा रहेका नेपालीका लागि सहज बातावरण बन्न सकोस् भन्ने हेतुले “हामी पनि नेपाली नै हौँ सरकार” भन्ने कार्यक्रम नै ल्याएको छ ।

कार्यक्रमको मुख्य उद्धेश्य इराकमा जति पनि कामादारहरु नेपालबाट अबैध रुपमा आए पनि हाल इराकमा रहेर बैधानिक रुपमा कार्य गरिरहेका छन् ती कामदारहरुलाई इराकको रेसिडेन्सी कार्ड देखाएर नेपालकै बिमानस्थल प्रयोग गरेर आउन पाउनको लागी व्यवस्था गरिदिनको लागि थियो।

हाल इराकमा रहेका नेपाली कामदारहरु नेपाल आए पनि फर्कनको निमित्त भारतको बिमानस्थल अथवा नेपालकै बिमानस्थल बाट एजेन्ट लाई चर्को सेटिङ सुल्क तिरेर आउनु पर्ने गुनासो छ । चार सय पचास अमेरिकन डलरमा पुगिने ठाउँमा नेपाल सरकारले लगाएको प्रतिबन्धका कारण एक जना नेपाली पुनः फर्कँदा तीन हजार डलर सम्म सेटिङ खर्च तिर्न बाध्य छन् ।

हाल इराकमा कति नेपाली कामदारहरु रहेका छन् तिनको यकिन तथ्यांक छैन तर पनि त्यहाँ रहेका संघसंस्थाहरुले अनुमानका आधारमा २०१५ मा करिब पन्ध्र हजार नेपाली श्रमिकहरु इराकमा रहेको अनुमानित संख्या निकालेको थियो।

अहिले पनि धेरै संख्यामा नेपाली कामदारहरु भित्रीरहेका छन् । इराकमा गैर आवासिय समन्वय परिषद गठन भए पनि हाल निष्क्रिय अवस्थामा रहेको छ। निष्क्रिय रहनुमा केन्द्र मार्फत खासै चासो नदिनुले हो भन्ने जानकारी गैर आवासिय समन्वय परिषद इराकका संस्थापकका अध्यक्ष लाल काजी गुरुङले बताए।

हाल कुर्दिस्तानमा रहेका जति पनि समस्यालाई स्थानिय निकायसँग र नेपाली श्रमिकहरुसँग सहयोग मागी नेपाली संघसंस्थाहरुले समस्याका समाधान गर्दै आइरहेका छन् । नेपाल मार्फत आउनका लागि समस्या भएकै कारण एक दशक देखि नेपाल नै नफर्किएका नेपाली श्रमिकको संख्या पनि हजारौं छन् । त्यसैले बैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुको रोजगार लाई प्राथमिकता दिएर नेपाल बिमानस्थल बाटै इराक फर्कनको लागी कानुनी व्यवस्था गर्न इराकमा रहेका सम्पुर्ण संघ संस्थाहरुले माग गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *