अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

डिसी नेपाल
६ चैत २०७८ ११:०८

काठमाडौं। एक युवतीलाई भेट्न उनको घरमै गएका युवक दुर्घटनामा परेका छन् । खासमा जतिबेला ती युवक युवतीको साथमा उनको घरमा थिए त्यही बेला बाहिर कोही आएको आवाज सुनियो । तीन युवकलाई लाग्यो कि शायत युवतीका ब्वायफ्रेण्ड आएका हुन् । डरले आत्तिएका उनले दायाँबायाँ केही नहेरी ३ तला माथिको कोठाको झ्यालबाट हाम्फाले ।

३ तला माथिबाट हाम्फालेका कारण ती युवकका दुवै खुट्टा भाँचिए । तर, पछि थाहा भयो कि युवतीको ढोकामा उनको ब्वायफ्रेण्ड नभइ उनका हाउसमेट (एउटै घरमा बस्नेहरु) आफ्नो कुकुरलाई घुमाएर आएका थिए । हाउसमेटलाई नै ती युवकले ब्वायफ्रेण्ड सम्झिएर ३ तला माथिबाट हाम्फालेका थिए । जसका कारण उनी गम्भीर रुपले घाइते भए ।

आइरिश मिररका अनुसार घटना आयरल्याण्डको कोर्क सहरको हो । जतिबेला युवक युवतीको घरमा थिए उनले ढोकाको घण्टी बजेको र ढोकामा कसैले कुरा गरेको सुने । युवतीले भने ढोकामा आफ्नो त्यही घरमा बस्ने अर्का एक युवकसँग कुरा गर्दै थिइन् । त्यही बेला उनीहरुले ठूलो आवाज सुने । तल गएर हेर्दा हाम्फालेका युवक घस्रिँदै घरबाहिर जाने प्रयास गर्दै थिए ।

युवकलाई घाइते अवस्थामा देखेपछि उनीहरुले तत्काल एम्बुलेन्स बोलाए । अहिले युवकको उपचार भइरहेको छ । यति उचाइबाट खसेर पनि उनको ज्यान भने बच्यो । उनको अवस्था स्थिर छ र केही दिनमा उनलाई डस्चार्ज गरिने बताइएको छ । रिपोर्टमा उनीहरुको पहिचानको खुलासा गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *