एन्फाले थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ गर्‍यो

डिसी नेपाल
६ चैत २०७८ १७:४०

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ ।

आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो । ३४ सदस्यीय टोली सोमबार (भोलि) थाइल्याण्ड प्रस्थान गर्नेछ ।

नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।

यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ । समूह ए मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *