मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा

डिसी नेपाल
६ चैत २०७८ १८:२९

मलेसिया । मलेसिया सरकारले आप्रवासी कामदार लगायत सम्पूर्ण निजी क्षेत्रमा काम गर्ने कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ ।

मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट बनाउने घोषणा गरेका छन् ।

मलेसियामा न्युनतम तलब बढेसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकहरु लगायत आप्रवासी कामदारहरुलाई पनि फाइदा पुग्ने भएको छ ।

हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब चार लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन् । पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेपनि कार्यनयन हुनेमा अधिकांश कामदारहरुमा शंका भने रहेको छ । यसअघि पनि सन् २०२० मा मलेसियामा नीजी क्षेत्रका कामदारहरुको न्यूनतम तलब १२ सय रिंगेट उपलब्ध गराउने सरकारले निर्णय गरेपनि अधिकांश कम्पनीहरुले यसलाई कार्यान्वयन गर्न बर्सौं लगाएका थिए ।

यसरी सरकारले तोकेबमोजिम न्युनतम पारिश्रमिक उपलब्ध नगराउनेहरुमा सेक्युरेटी कम्पनीहरु रहेको सेक्युरेटी क्षेत्रमा कार्यरत नेपाली श्रमिक हरुको गुनासो रहेकोे थियो ।

हाल मलेसियामा न्यूनतम पारिश्रमिक १२ सय रिंगेट छ । यो व्यवस्था १ फेब्रुअरी, २०२० मा तय गरिएको थियो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट बनाउने घोषणासँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *