मृत्युलाई अगाडि देखेपछि मानिसहरुलाई यी ४ कुराको हुन्छ सबैभन्दा धेरै पछुतो

डिसी नेपाल
८ चैत २०७८ १२:०९

काठमाडौं। मानिसहरुलाई आफ्नो मृत्युको समयमा कुन कुराहरुको सबैभन्दा धेरै पछुतो हुन्छ ? यो प्रश्नको जवाफ एक नर्सले दिएकी छिन् । खासमा यी नर्स एक यस्तो अस्पतालमा काम गर्छिन जहाँ यस्ता बिरामीहरुलाई राखिन्छ जसको छिटै मृत्यु हुने तय हुन्छ । यसमा धेरैजसो क्यान्सरको अन्तिम चरणका बिरामीहरु हुन्छन् । यी बिरामीहरुले नर्ससँग कुराकानीको क्रममा धेरै कुराहरु बताएका छन् ।

द सनको रिपोर्टअनुसार यी नर्सको लाम जुली हो । आफ्नो अनुभवका आधारमा जुलीले धेरैजसो मानिसहरुलाई मृत्युको समयमा लगभग एउटै किसिमको पछुतो हुने बताएकी छिन् । यस विषयमा उनले एउटा भिडियो बनाएर टिकटकमा पोस्ट गरेकी छिन् ताकि मानिसहरुले उनको सुझावलाई मानुन् र उनीहरुलाई आफ्नो जीवनको अन्तिम समयमा त्यही कुराको दुःख र पछुतो नहोस् ।

जुलीले मृत्युको समयमा मानिसहरुलाई मुख्य ४ कुराहरुको सबैभन्दा धेरै पछुतो हुने बताइन् । पहिलो – धेरैजसो मानिसहरुलाई आफ्नो जीवनको अन्तिम समयमा जीजनभर आफ्नो स्वास्थ्यको चिन्ता नगरेकोमा पछुतो हुन्छ । दोस्रो – जीवनमा साना साना खुसीहरुमा ध्यान नदिएकोमा पछुतो हुन्छ । तेस्रो – काममै पूरै जीवन गुमाएकोमा पछुतो हुन्छ । र, चौथो परिवारसँग धेरै समय बिताउन नपाएकोमा पछुतो हुन्छ ।

बिरामीहरुबाट सुनेका कुराहरुको आधारमा जुलीले भनिन् ‘हरेक पल बाँच्नुपर्छ । आफ्नो जीवनको लागि आभारी हुनुपर्छ । आफ्नो स्वास्थ्यलाई हल्का रुपमा लिनु हुँदैन र जीवनका साना साना पक्षहरुलाई पनि महत्व दिनुपर्छ ।’ जुलीले अगाडि भनिन् ‘काममै आफ्नो जीवन नगुमाउनुहोस् । केही यस्तो गर्नुस् ताकि काममै जीवन नबितोस् । तपाइँ जसलाई माया गर्नुहुन्छ उसको साथमा समय बिताउनुहोस् । जरुरी छैन ऊ परिवारकै सदस्य होस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *